एनआरएनए जापान कान्तो क्षेत्रिय कार्यसमितिको ७ औँ अधिबेशन सम्पन्न, संयोजकमा दिपेश खत्रि सर्बसम्मत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  117 पटक हेरिएको

जापान, जेठ १६ ।  

गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तो क्षेत्रिय कार्यसमितिको ७औं अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न भएको कान्तो क्षेत्रिय कार्यसमितिको सातौ अधिवेसनबाट संयोजकमा बागलुङ गल्कोटका दिपेश केसी २०२१÷२०२३ कार्यकालका लागि सर्वसहमतिमा चयन भएका छन् । दिपेश केसी संयोजक, शैलेन्द्र खड़का र सुरेश केसी उपसंयोजक, ललिता तामाङ महिला उपसंयोजकमा निर्वाचित हुनु भएको निर्वाचन समितिद्धारा जारी बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सो अधिवेशनबाट सचिवमा सागर कार्की, सहसचिवमा महेन्द्र राउत र दिपक सुबेदी विप्लव चयन भएका छन भने कोषाध्यक्षमा विनोद राई, सह कोषाध्यक्षमा पुरन्जन नेपाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरि सदस्यहरूमा सुबिना सुब्बा, अशोक भट्टराई र सोहनकुमार खत्री निर्वाचित भएका छन । सो अधिवेशनको उद्गघाटन सत्रमा बोल्ने वक्ताहरुले संस्थालाई सबैको अभिभावकीय संस्थाको रूपमा बुझन र संस्थाले पनि सोही अनुसार कार्य गर्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष भवन भट्टले सामाजिक भावलाई आत्मसाथ गरेर नेपाल र नेपालीको हित अनुकूल हुने गरि सबैले कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानका अध्यक्ष देवीलाल भण्डारीले आफूलाई लागेको आरोपको प्रष्टिकरण दिने प्रयास गर्नु भएको थियो । निर्वाचन समितिका संयोजक थकालीले संस्थालाई गतिशील र जवाबदेही रूपमा अगाडी बढ़ाउनका लागि अनुरोध गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार