कोरोना भाईरसका कारण अर्घाखाँचीका एक ब्यक्तिको निधन, निधन हुनेको संख्या ६ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  437 पटक हेरिएको

vision-online-advertise

अर्घाखाँची, जेठ १६ ।   

नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट अर्को एक ब्यक्तिको मृत्यु भएको छ त्यससंगै नेपालमा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि कोरोना संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार