काठमाडौं, जेठ १५ ।
पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।