सरकारले ल्यायो आ.ब.२०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1178 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ १५ ।  

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यस बर्ष पहिलो आर्थिक बर्षको तुलनामा लगभग १ खर्ब रुपैँया बजेट कम बिनियोजन गरिएको हो । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।

हेर्नुहोस् पूर्णपाठ :

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार