एमाले लुम्बिनि प्रदेश कमिटी सदस्यको संलग्नतामा स्वास्थ्यकर्मी कुटियो, प्रचण्ड र देउवाद्धारा कारबाहीको माग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  573 पटक हेरिएको

काठमाडौं, जेठ १४ ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालमा गयराति बिरामी मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

उनीहरुले भेरी अस्पतालको घटनाबारे सामाजिक सन्जालमा धारणा सार्वजनिक गर्दै आक्रमणमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकार समक्ष माग गरेका छन् । कांग्रेस सभापति देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् ।  स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ । हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’

अहिले उक्त घटनामा संलग्न मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने बाँकीको खोजी कार्य भईरहेको जनाएको छ । दोसी उपर कारबाही नभएसम्म काममा नफर्कने नर्स तथा स्वास्थ्यकर्मीहरुले जनाएको छ । उक्त घटना हिजो राति १२ बजेको आसपासको भएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त आक्रमणमा एमाले लुम्बिनि प्रदेश कमिटिका सदस्यको समेत संलग्नता रहेको पुष्टि भएको पनि जनाएको छ । निजलाई अहिले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार