पछिल्लो २४ घण्टामा ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७,२२६ जना कोरोना संक्रमणमुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  452 पटक हेरिएको

काठमाण्डौँ, जेठ १३ ।  

नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोनाभाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ९९२ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ७ हजार २ सय २६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ४ लाख १८ हजार ८ सय २९ कोरोनामुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १०६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको छ। हालसम्म कोरोनाबाट निको हुनेको दर ७७.२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार