धादिङ, जेठ १३ ।
धादिङ अस्पतालले सञ्चालन गरेको धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का नेत्री कल्पना धमलाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख कल्पना धमलाको पहलमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. काशिराज पाण्डे, डा. दिलशा सिंखडा तथा अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका दिपक धमलाको सहयोगमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग समेत रहेका कल्पना धमलाले सरकारलाई पनि कोरोना भाईरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि उल्लेख्य पहल नभएको भन्दै स्वास्थ्य मन्त्रिको समेत ध्याकार्षण गराएकी थिईन । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै बारम्बार सरकारको ध्यानाकर्षण गराउदै आउनु भएका पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग समेत रहेका कल्पना धमलाले सहयोग गरिएका सामग्रीहरुमा सर्जिकल मास्क ५ हजार थान, स्यानिटाइजर १० लिटर, सर्जिकल ग्लब्स १०० बक्स र अक्सिजन फ्लोमिटर १० थान रहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले धादिङ्ग अस्पतालको फेसबुक मार्फत जानकारी दिनु भएको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमला, मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द झा, ने.क.पा. (माओवादी केन्द्र), धादिङका अध्यक्ष दल बहादुर बुर्लाकोटी(बिजय), प्रदेश समिति सदस्य शम्भु श्रेष्ठ, जिल्ला सचिवालय सदस्य तथा नीलकण्ठ नगर कमिटी अध्यक्ष दिपक विश्वकर्मा लगायतको उपस्थिति रहेको पनि उल्लेख गरिएको छ ।