संसद विघटनसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार, सबै रिटको सुनुवाई संबैधानिक ईजलासबाट हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  998 पटक हेरिएको

काठमाडौं, जेठ १३ ।  

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । आजको बहसमा सरकार बिरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । अब भने सबै रिटमाथिको बहस संबैधानिक ईजलासबाट हुने भएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि उनले भने ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ बहस गर्ने हो ।’ संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार