जापान, जेठ १३।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ९एनआरएनए०जापानले प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरेको छ । प्रकासित नामावली अनुसार हालसम्म ९ हजार २७३जनाको सदस्यता प्रमाणीकरण भएको प्रमाणीकरण समितिले एक बिज्ञप्ति प्रकाशन गरी जनाएको छ । अब ७७० जनाको सदस्यता प्रमाणीकरण हुन बाँकी रहेको पनि जनाएको छ । साथै ३४ जनाको आबेदन बदर भएको प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
गत फेब्रुवरी २५ देखी अप्रिल ३० तारिख सम्म परिषदले निश्चित मापदण्ड तोकी सदस्यता आह्वान गरे बमोजिम क्mबचत ल्च्ल्ब् एप्स बमोजिम फर्म भर्ने सदस्यहरुको नामावली प्रमाणित गरी प्रकाशन गरीएको जनाएको छ । प्रकाशित सदस्यता नामावलीमा कुनै दावी बिरोध रहेमा यही मे २८ तारीख सम्ममा एनआरएनए जापानको इमेल nrnanccjpn@gmail.com मा लिखितरुपमा दावी गर्न सकीने ब्यवस्था गरेको छ । साथै प्रामाणिकरण हुन बाँकी एप्लिकेसनको सम्बन्धित व्यक्ति लाई प्रमाणीकरण हुन बाँकी रहेको कारण सहित इमेल पठाइएकोले आफ्नो इमेल चेक गरी सोही बमोजिम आफ्नो एप्लिकेसन यही मे ३१ तारीख भित्र पठाउनको निम्ति अनुरोध गर्नुका साथै उक्त समय भित्र पूर्ण नभयका एप्लिकेशन स्वतः बदरहुने पनि जनाएको छ ।
सदस्यता प्रमाणित भैसकेका सदस्यहरुले आफ्नो इमेल अवथा फोन नं हरु पुनस् चेकगरी केहि गलत भएमा निर्वाचन मितिको (जुलाई २७ , २०२१) २ हप्ता भन्दा पहिला सच्याई सक्नु पर्ने पनि जनाएको छ । साथै अनलाईन पेमेन्ट गर्नु भएको रसिद राख्नु भयपनी एनआरएनए जापानको बैंक खातामा उक्त रकम नआएकोले त्यस्तो एपलिकेसनहरुलाई पनि कारणसहित इमेल गरीएकोले हेर्नुहुन पनि अनुरोध गरेको छ । हालसम्म बदर भएका ब्यक्तिहरुको रकम चार्ज काटेर सम्बन्धित ब्यक्तिलाई नै फिर्ता गर्ने पनि बताएको छ ।
एनआरएनए जापानद्धारा जारी बिज्ञप्ति हेर्नुहोस ।