नेपाल र चीनका राष्ट्रपतिबिच टेलिफोन संवाद, चीनद्वारा १० लाख खोप अनुदानमा उपलब्ध गराऊने सि जिनपिङको घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  485 पटक हेरिएको

काठमाडौं, जेठ १२ ।   

चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । बुधबार नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी ट्विटरबाट दिएकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । राष्ट्रपति सीले घोषणा गरेको नयाँ अनुदानसमेत जोड्दा चीनले नेपाललाई कुल १८ लाख डोज खोप प्रदान गर्ने छ ।

चिनियाँ समकक्षी सीसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

करिब ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार