नेकपा एमाले केन्द्रको निर्देशन बिपरित सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सुदुरपश्चिम संसदीय दलको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  554 पटक हेरिएको

धनगढी, जेठ १२ ।  

नेकपा एमाले स्थायी समितिको बैठकले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि सुदुरपश्चिम प्रदेश संसदीय दलको बहुमत सदस्यहरुले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेका छन् । उनीहरुले पार्टीको निर्णयलाई चुनौती दिएका हुन् । धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकमा १८ जना सांसदले उक्त निर्णय गरेका हुन् ।

बैठकमा ओली समुहका केही सांसद अनुपस्थित रहेका थिए । बैठकले कोरोना महामारीसँग जुझ्न सरकारलाई सघाउने निर्णय पनि गरेको छ। बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन्। धनगढीभन्दा बाहिर रहेकोले बैठकमा ओली पक्षका रतन थापा, गेल्बु सिह बोहरा र लीलाधर भट्ट सहभागी नसकेको जनाएको छ ।

प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। त्यसमध्ये पनि नेपाल समुहका सांसदहरुको संख्या बढि रहेकोले पनि केन्द्र सरकार तथा नेकपा एमालेले दिएको निर्देशनलाई चुनौती दिदै सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेका हुन । अब केन्द्र सो निर्णयको कसरी लिने हो त्यो भने हेर्न बाँकी नेै छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

नेकपा एमालेद्धारा माधव र झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्काशित, १२ जनालाई २४ घण्टे स्पष्टीकरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार