जापान, जेष्ठ १० ।
गैर आवासिय नेपाली संघ रा स प जापानको एउटा सु-सुचित गराउने अभियान { NRNA मेरो साथी }अन्तर्गतको आँठौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नेपालीहरुको चाप बढे संगै नेपाली समुदाय अन्तर्गत रहेको “जापानमा नव प्रबेशि बिध्यार्थीहरुको अबसर र चुनौती” बिषयक कार्यकम गरिने भएको छ । यस अघि NRNA मेरो साथी अन्तर्गतको छैटौ श्रिङ्खलामायसकै निरन्तरता स्वरूप अभियान { NRNA मेरो साथी }अन्तर्गतको सातौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नेपालीहरुको चाप बढे संगै नेपाली समुदाय अन्तर्गत रहेको “बिध्यार्थीहरु प्रतिको बाहिरि हेराई र वास्तविक भोगाई” बिषयक कार्यक्रम आयोजना गरिएको थियो ।
यस्तै गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको पाचौ श्रृखला यहि फेबुरोअरी २६ तारिखजापानमा नेपाली रेष्टुरेण्ट व्यवसायी र नेपाली कामदार बिचको वर्तमान अबस्था र भविष्य लगायतका विषयमा एक विशेष कार्यक्रमद्वारा आयोजना सम्पन्न गरेको थियो । गैरआवासीय नेपाली संघ जापानको (सन २०२१-२३) कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको तेस्रो श्रृंखलामा जापानमा अध्ययनरत तथा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको अध्ययन पश्चातको रोजगारीका अवसर तथा चुनौतीहरुका बिषयमा जापानमा लामो समय बिभिन्न पेशा ब्यबसाय गरेर बस्नु भएको विभिन्न जानकार व्यक्तिहरुसंग छलफल गरेका थिए भने चौथो शृंखलामा भने जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषय बहस गरीएको थियो । पाचौ शृंखलामा भने जापानमा रेष्टुरेण्ट व्यवसायी र मज़दूर बिचको सम्बन्ध, त्यस भित्र देखिएका समस्या र त्यसको समाधानको विषयमा बहस गरीएको थियो ।
यसकै निरन्तरता स्वरूप अभियान { NRNA मेरो साथी }अन्तर्गतको आँठौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नेपालीहरुको चाप बढे संगै नेपाली समुदाय अन्तर्गत रहेको “जापानमा नव प्रबेशि बिध्यार्थीहरुको अबसर र चुनौती” बिषयक कार्यकम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा सचिब श्याम सितल ज्युले भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो ।
यस शृंखलामा भने बिध्यार्थी जीवन बिताई बिभिन्न जापानिज कम्पनीमा कार्यरत बक्ताहरू सहभागी भएका छन । यस कार्यक्रममा नेसासका पूर्व अध्यक्ष दय रिशाब पौडेल र पूर्व अध्यक्ष बिमल अधिकारीका साथमा पुर्ब बिध्यार्थी छुनुमुनु सिटौलाको सहभागी रहने कार्यक्रम संयोजक तथा सचिब श्याम सितल ज्युले जानकारी गराउनु भयो । जापानमा अध्ययनका लागी आएका नव प्रबेशि बिध्यार्थीलाई ध्यानमा राखी यो कार्यक्रमको आयोजना गर्न लागीएको कार्यक्रम संयोजक श्याम सितल ज्युले जानकारी गराउनु भयो । नव प्रबेशिहरुलाई शुरूवाती दिनहरुमा आइपर्ने चुनौती र समस्याका समाधान सहितको बहस कार्यक्रमले नेपाली नवप्रबेशि बिध्यार्थी भाईबहिनीहरुमा सकारात्मक सहयोग पुग्ने बताउनुहुन्छ । यो कार्यक्रम यही मे २८ तारिक शनिबार बेलुकी ५ बजेबाट भिजन अनलाईन न्युज लगायत बिभिन्न संचारमाध्यमबाट एकसाथ प्रसारण हुने समेत जानकारी गराउनु भएको छ ।