जापानको नागोया आइचीमा २९ वर्षीय सजिन्द्र प्रधानको निधन, परिवारद्वारा आर्थिक सहयोगको अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  109 पटक हेरिएको

नागोया, जापान, जेष्ठ १० ।   

जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । खोटाङ जिल्ला सिम्पानी २ निवासी हाल आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ बर्षिय सजिन्द्र प्रधानको स्वासप्रश्वासमा समस्या आइ उपचारको क्रममा निधन भएके हो ।

कोठामा सुतेको अवस्थामा स्वास प्रश्वासमा समस्या देखिए पछि अस्पताल लगिएको र उपचार कै क्रममा प्रधानको मंगलबार बिहान निधन भएको भएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य तथा समाजसेवी दिपक कार्कीले जानकारी दिनुभयो ।

विद्यार्थी भिषामा जापान आइ अध्ययन पश्चात हाल कम्पनीमा कार्यरत मृतक प्रधान श्रीमतिसंगै जापानमा बस्दै आएका थिए । नेपालमा बुवाआमासहितको परिवार रहेको र उनीहरूको आग्रहमा प्रधानको पार्थिब शरीरलाइ नेपाल पठाउन दिन गरेको आग्रह अनुसार सम्पूर्ण ब्यबस्था मिलाई रहेको र केहिदिन भित्रमा नै नेपाल पठाईने तयारी छ ।

अस्पतालमा उपचारकै क्रममा मृत घोषणा गरेको र परिवारको आग्रहमा आवश्यक प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउने तयारी भैरहेकोले जापानबाी नेपालीहरुलाई आर्थिक सहयोगका लागि परिवारले अनुरोध गरेको छ ।

आर्थिक सहयोगका लागि :  

Pradhan sajindra 10190-97946431

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार