कोरोना त्रास : बाग्लुङ्गका बडिगाड सहित ४ गाउँपालिका सिल एम्बुलेन्सलाई भने अबरोध नहुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  678 पटक हेरिएको

vision-online-advertise
बागलुङ, जेठ ११ । 

कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि बाग्लुङ जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिएको हो ।  स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

‘एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ,’ उनले भने, ‘निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।’ गाउँपालिकाले मालबाहन सवारीलाई पनि प्रबेश नदिने निर्णय गरेको छ । पछिल्लो समय भारतबाट नेपाल आउने कोरोना भाईरसको संक्रमण ब्यापक रुपमा देखिएको र त्यसबाट जोगिन पनि अनाबश्यक बहानामा हिडडुलमा समेत कडा गरिने गाउँ पालिकाले जनाएको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार