महोत्तरीको सीमा नाकामा भारतीय र प्रहरीको झडप, एक प्रहरी र आठ व्यापारी घाइते

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  406 पटक हेरिएको

महोत्तरी, जेठ १० ।  

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । बोर्डर आउट पोष्ट ९बीओपी० मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करीब ८ बजे ५० र ६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए ।

ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ । स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् ।

यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिंदा कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ । सिमा क्षेत्रमा यस्ता घटना बारम्बार हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार