धादिङका १३ वटै नव निर्वाचित पालिका प्रमुखले लिए सपथ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  330 पटक हेरिएको

धादिङ, जेष्ठ ९ । 

फोटोः-सरिता श्रेष्ठ

धादिङका नवनिर्वाचित स्थानिय तह प्रमुखहरुले सथप लिएका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जिल्लाको १३ वटै पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको धादिङबाट संचारकर्मी सरिता श्रेष्ठले जानकारी गराएका हुन् ।

धादिङमा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका छ । सपथ ग्रहणपछि प्रमुखहरुले पालिकालाई समृद्ध बनाउनुको साथै विकास निर्माण र सामाजिक न्यायको कामलाई सँगसँगै अघि बढाउने बताएका छन् ।

सुशासन कायम राख्दै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङमा नेपाली कांग्रेसले ८, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकिकृत समाजवादीले १ वटा पालिका प्रमुख जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार