नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रिय समितिको छैटौ ऐतिहासिक अधिबेशन भव्य रुपमा सम्पन्न, सभापतिमा भट्टराई चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  607 पटक हेरिएको

जापान, जेष्ठ ९ । 

नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रिय समितिको छैटौ ऐतिहासिक अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। लामो समय देखि डिका कार्कीको नेतृत्वमा रहेको समितिले आज मिति २०२२ मेई २२ तारिख आईतबार हकाता सिमिन सेन्टरमा भव्य कार्कक्रमका बिच सुशान्त भट्टराईको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन गरेको हो।

सुरज बनले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व सभापति डिका कार्कीले गर्नु भएको थियो। प्रमुख अतिथिमा नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार धर्म राज अधिकारी र नेपाली जनसम्पर्क समिति जापानका ऊप- सभापती महाधिवेशन प्रतिनिधि क्युशु ओकिनावा क्षेत्रको क्षेत्रिय अधिवेशनका प्रतिनिधि राजेन्द्र जमरकट्टेल रहनु भएको थियो।

विशिष्ट अतिथिहरुमा ऊप- सभापती बद्री पौडेल, ऊप-सभापती तथा महाधिवेशन प्रतिनिधि नवराज थापा,ऊप-सभापती पेम्बा लामा कोषाध्यक्ष तथा महाधिवेश प्रतिनिधि बाबुराम सापकोटा रहनु भएको थियो। अतिथिहरुमा नविन अधिकारी,नेजसस जापान कान्तो क्षेत्रिय समितिका ऊप-सभापती दिपेश केसी रहनु भएको थियो। समितिले अधिवेशनको सम्पुर्ण प्रक्रिया निर्वाचन समिति संयोजक हस्त लामाको संयोजकत्वमा सदस्यहरु लक्ष्मण बाँनिया र भिम बहादुर गुरुङ रहने गरेर मेई १० तारिख देखि निर्वाचनका सम्पु्र्ण प्रक्रिया थालेको बताएको छ।

कार्यक्रममा स्वागत मन्तव्य नव निर्वाचित सभापती सुशान्त भट्टराई,शुभकामना मन्तव्य धर्मराज अधिकारी,राजेन्द्र जमरकट्टेल, नवराज थापा,पेम्बा लामा, बद्री पौडेल, बाबुराम सापकोटा,नविन अधिकारी र दिपेश केसी र अन्य ऊपस्थितहरुले राख्नु भएको बताईएको छ।

अधिकाश वक्ताहरुले कार्कीको नेतृत्वमा रहेको क्षेत्रिय समितिको सफल कार्यकालको प्रशंसा गर्नुका साथै अध्वेशनका सफलताको शुभकामना संगै यस बिचमा क्युशु क्षेत्रिय समितिले गरेका विभिन्न किसिमका कार्यक्रमहरुले नेजसस जापान भित्र मात्र नभएर जापानबासी नेपाली समुदायमा समेत राम्रो सन्देश प्रवाह गरेको विषयमा चर्चा गर्नु भएको थियो । वक्ताहरुले पछिल्लो समय नेपाली जनसम्पर्क समिति जापान ठुलो दुर्घटना हुन बाट बचेको र आगामी दिनहरुमा हरेक तहका संगठनहरुको गतिविधि लाई चुस्त,दुरुस्त र समग्र काग्रेसको हितमा हिडाऊन हामी सबैको प्रयास रहनु पर्ने र प्रवास बसाईको क्रममा आम प्रजातन्त्र प्रेमी नेपाली दाजुभाई दिदि बहिनीहरुको भाईचारा र सम्बन्ध लाई प्रगाढ बनाऊने ढंगले संगठनलाई हिडाँऊन पर्ने धारणाहरु समेत राख्नु भएको थियो।

क्युशु क्षेत्रका काग्रेस प्रेमीहरुको चर्को उपस्थितिका बिच सम्पन्न अधिवेशनले निम्न अनुसार कार्यसमिति पदाधिकारी र सदस्यहरु निर्वाचित गरेको छ।

१, सभापती : सुशान्त भट्टराई

ऊप-सभापतीहरु:
२, इश्वर अधिकारि
३, सुरेश डांगर

सचिव :
४, सज्जन सुबेदी

सह सचिव:
५, सन्तोष पाण्डे

कोषाध्यक्ष :
६, चिरञ्जिवी कार्की

सह-कोषाध्यक्ष
७, घनश्याम पौडेल

सदस्यहरु :
८, शंकर कार्की
९, भरत बन
१०, समिप बन
११, धुर्व थापा
१२, रंजन ढकाल
१३, लक्ष्मी दाहाल
१४, उमेश खरेल
१५, सुष्मिता लामिछाने

समितिले सोहि दिन नै नै नेजसस जापान केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको समेत छनोट गरेको जानकारी प्राप्त हुन आएको छ।

कार्यक्रमका थप फोटाहरु    

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार