काठमाण्डौँ, जेठ १० ।
नेपालमा आज बिहानै थप ३२ जनामा कोरोना भाईरस कोभिड–१९ को नयाँ संक्रमण पुष्टि भएको छ । आज बिहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति निकाल्दै उक्त जानकारी गराएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा २३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ८ जना र भरतपुर प्रयोगशालामा १ जना गरी जम्मा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रबक्ता डा.समिर कुमार अधिकारीले जनाएको छ । संक्रमण हुनेमा ३० जना पुरुष र २ जना महिला रहेको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रेस बिज्ञप्ति