थप नौ जनामा कोरोना पुष्टि, हालसम्म कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  472 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ ८ । 

नेपालमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा विकास देवकोटाले बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

रुपन्देहीमा १ र झापामा ८ जना गरी बिहीबार थप ९ जनामा संक्रमण देखिएको उनले बताए। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।

डा देवकोटाका अनुसार बिहिबार ४ जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु चारै जना काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थिए। नेपालमा संक्रमण पुष्टि भएकामध्ये ४९ जना अहिले संक्रमणमुक्त भएका छन्। ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार