भारत, जेठ ७ ।
नेपाल सरकारले जारी गरेको नेपालको नया राजनीतिक तथा प्रशासनिक नक्साले भारतिय राजनीति र संचार माध्यमलाई गर्माएको छ । नेपाली चेलि तथा बलिउडमा लामो समय क्रियाशील अभिनेत्री मनिषा कोईरालाले नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामाथी गरेको समर्थन र स्वागतयोग्य कदम भन्दै प्रशंसा गरेपछि भारतीय मिडियाहरुमा उनीबारेका अनेक प्रतिक्रिया देखिन थालेका छन् ।
नेपालका पक्षमा अभिव्यक्ति दिएको भन्दै धेरैजसो भारतीय मिडियाहरुले मनिषाले विवादास्पद अभिव्यक्ति दिएको बताएका छन् । नायिका मनीषा कोईरालाले आफ्नो आधिकारिक ट्विटबाट उक्त अभिब्यक्ति दिएकी थिई ।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏 https://t.co/A60BZNjgyK
— Manisha Koirala (@mkoirala) May 18, 2020
भारत सरकारले एकतर्फी रुपमा लिपुलेकमा सडक खण्डको उद्घाटन गरेपछि त्यसको जवाफमा नेपालले कूटनैतिक नोट समेत पठाएको र मन्त्रीपरिषद् बैठकले नयाँ नक्सा समेत जारी गरेपछि भारतमा यसका बारे ठूलै बहश सुरु भएको छ । यसैबीच अभिनेत्री कोईरालाले केहि दिनअघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले छिट्टै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएपछि सरकारको यो कदमलाई स्वागतयोग्य भन्दै यसको समाधानका लागि तीनै देश (नेपाल,भारत र चीन) का बीच शन्तिपूर्ण र सम्माजनक वार्ता हुनेपर्ने भन्दै ट्वीट गरेकी थिईन् ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ’ भन्दै गरको ट्वीटमा रिट्वीट गरेकी छन् ।
नेपालको स्वीकृत राजनीतिक तथा प्रशासनिक नक्सा