सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको बहुमत सदस्यबाट स्वीकृत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  553 पटक हेरिएको

vision-online-advertise काठमाडौं, जेठ, ६ ।   

 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै संसद बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक २०७७ साल जेठ १३ गते मंगलबार दिनको १ बजे बस्ने छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार