काठमाडौं उपत्यकाका ३ जिल्लामा सहित २७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ४०२ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1225 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौँ, जेठ ६ ।  

काठमाडौं उपत्यकाका तीनै जिल्लामा सहित २७ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १÷१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको प्रेस मिट कार्यक्रमणमा बताएका छन।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार