काठमाडौं, जेठ ६ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’
उनकाअनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ, अर्थमन्त्रि खतिवडाले भने।
भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । पछिल्लो समय भारतले नेपालको भुभाग बाट नै चीनको स्वर्गद्वारी जाने बाटोको निर्माण तथा उड़घाटन गरेपछी नेपालमा त्यसको चर्को बिरोध मात्रै भएन संसदमा समेत बिरोधका स्वरहरू बढ़न थाल्यो अन्त्यमा नीति तथा कार्यक्रम बाट नै लिम्पिराधुरा सहित सम्पूर्ण नेपाली जमिन समेटेर नया नक्सा सार्वजनिक गर्ने राष्ट्रपति भण्डारीले घोषणा नै गरिन फलस्वरूप हिजो बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय नै गरी नया नक्सा सार्वजनिक भएको छ ।