काठमाण्डौँ, जेठ ५ ।
नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३ सय ५७ पुगेको छ । सोमबार एकैदिन बाँकेमा पुरुष ४६ जना र महिला १ जना गरि थप ४७ जनामा कोरोना भाइरस भाईरसको संक्रमण पुष्टि भएको छ । मोरङ्ग बिराटनगर प्रादेशिक अस्पतालमा एक जना पुरुष, भैरहवा प्रयोगशालामा गुल्मीका एक जना, धुलिखेल प्रयोगशालामा ४ जना पुरुषहरुको रिर्पोट कोरोना पोजेजिभ देखिएपछि संक्रमितको सङ्ख्या ३ सय ५७ पुगेको हो ।
हालसम्मको संक्रमितहरु मध्ये पुरुष २९८ र महिला ५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस मिटमा जानकारी गराएको हो । अहिले पनि नेपालगंजका थप शंकाष्पदको परिक्षण भइरहेकाले संक्रमितको सङ्ख्या थपिने अनुमान छ ।