रौतहटमा ८ जना र बारामा एक जना संक्रमण पुष्टी, संक्रमित संख्या ३ सय ४ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  421 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौं, जेठ ५ ।  

नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै यो संख्या बढेर ३ सय ४ जना पुगेको छ । हालसम्म नेपालमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । आज बिहान रौतहटमा ८ जना र बारामा एक जना संक्रमण पुष्टी भएसँगै नेपालमा कोरोना संक्रमणको संख्या ३ सय ४ पुगेको हो ।

बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ। सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार