जापानको सेन्दाईमा सवारी दुर्घटनामा २ नेपाली सहित ३ जनाको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  149 पटक हेरिएको

जापान, जेठ २ । 

जापानको सेन्दाई शहरबाट करिव ४५ मिनेट टाढा ईवाते प्रान्त जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थी सहित ३ जनाको मृत्यु भएको छ ।

सेन्दाईबाट ईवातेका लागि हिडेको बस बिग्रिए पछि बसमा सवार सबै यात्रुलाई ओराली बसको चालकलाई बस बनाउन सहयोग गरेको अवस्थामा पछाडिबाट ट्रकले ठक्कर दिदा जापानिज भाषा अध्ययनरत दुइ नेपाली विद्यार्थी सहित बस र ट्रक चालक जापानिज नागरिकको घटनास्थालमा नै मृत्यु भएको सेन्दाईबाट एनआरएनए क्षेत्रिय प्रतिनिधिले जानकारी गराएको छ ।

शेर्पाका अनुसार उद्दारकार्यमा सघाउन एनआरएन क्षेत्रिय समिति सेन्दाइबाट समेत केही टोली घटनास्थल गइ सहयोग गरेको जनाएको छ ।

दुर्घटनमा परेको दुबै नेपाली बिद्यार्थीको नेपालको स्थाई ठेगाना अझै स्पष्ट हुन सकेको छैन ।दुर्घटना हुँदा बसमा करिब ४० यात्रु सवार थिए र प्रहरीले थप अनुसन्धान गरिरहेको छ । दुर्घटनाका कारण आसपासका क्षेत्रमा केही समय सवारी आवागमन बन्द भएको थियो ।

दुर्घटना आज राति स्थानिय समय अनुसार करिब ८ः१५ बजे  इवाते र मियागी केनको सीमाको हाईवेमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार