एनआरएनए कान्साईको कार्यसमिति पुनर्गठन कार्यक्रम सम्पन्न,नेतृत्वमा नरबहादुर थापा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  921 पटक हेरिएको

ओसाका, जापान, जेष्ठ २ । 

हालै सम्पन्न एनआरएनए कान्साईको कार्य समिती पुनर्गठन कार्यक्रमबाट नर बहादुर थापाको संयोजकत्वमा NRNA क्षेत्रिय समिति कान्साई जापानको आठौ कार्यसमिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गैरआवासीय नेपाली संघ (NRNA) जापानका अध्यक्ष अनिता गुरुङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो।

संस्थापक सचिव तथा पूर्व संयोजक नारायण स्टेभन्सको सभापतित्वमा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी एनआरएनए जापानको अध्यक्ष अनिता गुरुङ, बिशेस अतिथी अन्तरराष्ट्रिय वकिल डा. बलराम श्रेष्ठ तथा एनआरएनए जापान सल्लाहकार नरेन्द्र बस्नेत, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष छत्र दाहाल, उपाध्यक्ष ग्गा घर्ती मगर, एनआरएनए कान्साई पूर्व संयोजक हरी ढकाल, एनआरएनए कान्साई सल्लाहकार सुनिल केसी नेसाज महासचिव सञ्जय कार्की, जनजाती महासंगको अध्यक्ष भबिन्द्र कुलुङ राई लगाएत बिभिन्न संघ संस्थाका अग्रज सामाजिक ब्यक्तित्वहरुको भब्य उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमबाट कान्साई मा देखीएको बिबादलाई मध्यनजर गर्दै कार्यसमिति पुनर्गठन गरीएको उपसंयोजक (भबिन्द्र राईले भिजन )अनलाईन न्युजलाई जानकारी गर्नुभयो ।कार्यक्रम संस्थाको सचिव बिकाश अधिकारीको सञ्चालन तथा स्वागत भाषण नरबहादुर थापाले गरेको ब्यहोरा सम्बद्ध निकायले जनाएको छ ।

बिगत लामो समयदेखी एनआरएनए जापानमा देखीएको बिबादको असर क्षेत्रीय कार्यसमिति कान्साईमा पनि केही समय अघिदेखी देखीएको थियो । त्यसको फलस्वरूप कान्साई क्षेत्रीय कार्यसमितिबाट अराजकताको बिरुद्ध एकजुट हुँदै अगाडी बढेका पदाधिकारीहरुलाई समेट्दै र समायोजन गर्दै क्षेत्रीय कार्यसमिति कान्साई पुनर्गठन गरीएको हो । उक्त अधिवेशनबाट पूर्व उपसंयोजक नरबहादुर थापाको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिति गठन गरीएको हो । नवगठित कार्यसमितिको चयनसंगै नव प्रबेशी बिधार्थी भाईबहिनीहरुलाई जापानको जीवन यापन,कानुन, काम र अध्ययनको बिषयमा थप समय लिएर क्रमश: बिकाश अधिकारी, सल्लाहकार नरेन्द्र बस्नेत र डा. बलराम श्रेष्ठले प्रष्ट पार्दै उचित परामर्श दिइएको थियो । नया कार्यसमितीमा पदाधिकारी तथा सदस्यहरुको नामावली तल उल्लेख गरीएको छ ।

नयाँ कार्यसमिति,

१ -संयोजक:-नरबहादुर थापा
२-उपसंयोजक:-टिआर गौंडेल
३-उपसंयोजक:-भबिन्द्र कुलुङ राई
४-सचिव:- बिकाश अधिकारी
५-सहसचिव:-मोहन कुँवर
६-कोषाध्यक्ष:- तिलक केसी
७-सह कोषाध्यक्ष:- एकराज कटवाल
८-सदस्य:-संञ्जय कार्की ( बिधार्थी)
९-॥ :- कुशुम धमला (महिला)
१०-॥ :-दिनेश पौड्याल
११-॥ :-प्रबिण भुजेल
१२-॥ :- सजल निरौंला
१३-॥ :-अञ्जनकुमार बस्नेत
१४-॥:- समीर मगर
१५-॥ :- बिश्वास क्षेत्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार