काठमाडौं, जेठ ३ ।
शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना नया संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमांडौमा गरीएको परीक्षणमा थप छ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरूमा ३ महिला र ३ पुरुष रहेको छ ।
स्वास्थ्य मन्त्रालयबाट जारी बिज्ञप्ति