नेपालमा थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  550 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ २ ।  

नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी बिज्ञप्ति 

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार