काठमाडौं, जेठ २ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने छ ।
तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी बस्नु पर्ने बाध्यताका कारण स्थान अभाव भएपछि विदेशी राजदूतलगायतका कूटनीतिज्ञहरुलाई नबोलाइएको हो ।
यस वर्ष संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ । आमन्त्रण गरिएका सबैले पीसीआर विधिबाट कोरोना परीक्षण गराएको रिपोर्ट पेस गर्नुपर्ने नियम छ ।
नीति तथा कार्यक्रमको प्रत्यक्ष लाईभ
https://www.facebook.com/101778551203782/videos/706573113487554/