संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा छलफल गर्न नेकपाको सचिवालय बैठक जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  971 पटक हेरिएको

vision-online-advertise 

काठमाडौं, जेठ २ ।

संघिय संसद बस्नुअघि अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा छलफल भईरहेको एक नेताले बताएका छन् ।

संघिय संसदको बैठक आज अपरान्ह ४ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार