म्यानमार सेनाको नियन्त्रणमा रहेको जापनिज पत्रकार हिरोकी किताजुमी रिहा, आजै स्वदेश फर्कदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1200 पटक हेरिएको

म्यानमार, बैशाख ३१ ।  

म्यानमारको सेनाले नियन्त्रणमा लिएका जापानी पत्रकार हिरोकी किताजुमी हिरासतमुक्त भएका छन् । जापानको विदेश मन्त्रालयले जनाएअनुसार उनि जापानको स्थानिय समय अनुसार दिउसो १ बजे हिरासतमुक्त भएको जनाएको छ । जापानी पत्रकार हिरोकी किताजुमीलाइ गत महिना १८ गते म्यानमारको सेनाले नियन्त्रणमा लिएको थियो ।

उनलाई १४ गते बिहान म्यानमारको यानगुन अन्तराष्ट्रिय बिमानस्थलमा लगि दिउसो १ बजे रिहाइ गरिएको र आजै जापान फर्कने बताईएको छ । यसअघि उनलाई बिनाशर्त रिहा गर्न जापान सरकारले आग्रह गरेता पनि गलत समाचार सम्प्रेषण गरेको आरोपमा म्यानमारको सेनाले अदालतमा मुद्दा दायर गरेको थियो ।

हाल म्यानमार सैनिक शासन चलिरहेको छ भने सेनाले सैनिक कु गरे पश्चात त्यहाँका नेता तथा कार्यकर्तालाई नजर बन्दमा राखिएको छ । देशका अधिकांश भागमा बृहत आन्दोलन चलिरहेको कारण म्यानमार आन्तरिक द्धन्द्धमा फसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार