नेपालमा थप ५ जनामा नयाँ कोभिड–१९ को संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  990 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौँ, जेठ १ ।  

नेपालमा थप ५ जनामा नयाँ कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी बिज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौँमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

जो सर्लाही, धान्कौल नगरपालिका निबासी ४५ बर्षका पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निबासी ४० बर्षिय पुरुष र २० बर्षिय महिला रहेको छ । अन्य महोत्तरी, जलेश्वर नगरपालिका र बलवा नगरपालिका निबासी १६ र ३५ बर्षिय पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । हाल निजहरु स्वास्थ्य कर्मीको सम्पर्कमा आएको र निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्धारा जारी बिज्ञप्ति ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार