सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, चालक सहित सबै सामान्य घाईते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  787 पटक हेरिएको

vision-online-advertise

बाँके, जेठ १ 

राप्ती सोनारी गाउँपालिकामा बुधबार सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । कोहलपुरबाट राप्ती सोनारीतर्फ जाँदै गरेको स्वेता पोली क्लिनिकको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स पुलबाट खसेकाे हो । ।

कोहलपुरबाट ४ दिनको सुत्केरी लिएर राप्ती सोनारीतर्फ जाँदै गरेको एम्बुलेन्स वडा नम्बर १ स्थित कुसुममा दुर्घटनामा भएको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामाएम्बुलेन्स चालक गोपाल बूढा, पोली क्लिनिक सञ्चालक मिनराज खडका र सुल्केरीका पति विनोद परियार, सासु सीता दमाई घाइते भएका छन् ।

सीताको टाउका र खुट्टामा चोट लागेको छ । अन्यलाई भने सामान्य चोट लागेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार