एनआरएनए जापान ओकिनावा क्षेत्रको तेस्रो अधिबेशन जुन १३ मा, लक्षमण ओझाको संयोतकत्वमा निर्वाचन कमिटि गठन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  466 पटक हेरिएको

जापान, ओकिनावा, बैशाख ३० । 

गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापान क्षेत्रीय कार्यसमिति ओकिनावाको तेस्रो अधिवेशन यहि जुन १३ तारिखको दिन गर्ने भएको छ । एनआरएनए, ओकिनावा जापान क्षेत्रीय कार्यसमितिको मे ८ तारिख शनिबार बसेको ओकिनावा तदर्थ समितिको बैठकले २०२१ जुन १३ तारिख तेस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पूर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न दिएको निर्देशन बमोजिम ओकिनावा क्षेत्रीय कार्यसमितिको बैठकबाट जुन १३ तारिख ओकिनावा नाहा माच्सुयामा बिल्डिङ्गमा मध्यान्ह १२ बजेबाट अधिबेशन गर्ने निर्णय गरिएको ओकिनावा तदर्थ समितिका सचिब देबेन्द्र खड्काले जानकारी दिनुभयो ।

एनआरएनए जापान क्षेत्रीय कार्यसमिति ओकिनावाका संयोजक प्रितम गर्बुजा पसनको अध्यक्षतामा बसेको जुम भर्चुअल बैठकले लक्षमण ओझाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी चयन गरेको छ । निर्वाचन समितिको सदस्यहरुमा किशोर धिताल र नारायण जोशीलाई चयन गरिएको छ ।

कार्य समितिको बैठकबाट उम्मेद्धारी शुल्क पनि तय गरिएको बिज्ञप्ति मार्फत जानकारी गराईएको छ । नयाँ कार्यसमितिको संयोजक पदको लागि शुल्क १० मान येन, उपसंयोजकको ८ मान येन, उपसंयोजक महिलाको ५ मान येन, सचिवको लागि ७ मान येन , सह–सचिबको ५ मान येन ,कोषाध्यक्षको ४ मान येन , सह–कोषाध्यक्षको ३ मान येन, मिर्वाचित सदस्यको २ मान येन, निर्वाचित सदस्य महिलाको १ मान येन, निर्वाचित सदस्य बिद्यार्थीको ५ हजार येन र मनोनित सदस्यको १ मान येन निर्धारण गरिएको सचिब देबेन्द्र खड्काले जानकारी दिनुभयो ।

निर्वाचन सम्बन्धि प्रेस बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार