लिपुलेक क्षेत्रको सीमा सुरक्षार्थ सेनाको हेलिकप्टरबाट सशस्त्रका २५ जवान व्यास गाउँपालिका–१ छाङ्गरू पुगे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  624 पटक हेरिएको

vision-online-advertise

दार्चुला, बैशाख ३१ । 

लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी रूपमा मानवसरोवर र चीन जोड्ने सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भइरहेको छ। सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी छन्।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज पुगेको हो। सरकारले गत मंसिरमा नै बिओपी राख्ने निर्णय गरेको थियो। तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो।

मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो। त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए।

थप तस्विरहरु 

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार