जापान, बैशाख ३० ।
जापानमा पछिल्लो समय नोभेल कोरोना भाईरस कोभिड–१९ को प्रकोप पुन महामारीको रुपमा फैलिएको छ । जापानमा पनि तिब्र गतिमा कोरोना भाईरस बढेको कारण जापान सरकारद्धारा बिभिन्न क्षेत्रमा आपतकालको घोषणा गरेको छ । पछिल्लो समय जापानको फुकुओकामा पनि नेपाली समुदायमा पनि कोरोना संक्रमण देखिएको छ । फुकुओकाका बिभिन्न शैक्षिक संस्थामा अध्ययनरत नेपाली बिद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमणका कारण बिद्यार्थी बर्गमा आर्थिक समस्या लगायतका बिभिन्न समस्याहरु देखिन थालेको छ । यस्तै केहि हप्ता पहिलेमात्र कोरोना संक्रमण भई मुक्त भएका गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष लक्ष्मण बाँनियाले भिजन अनलाईन न्युजसँग टेलिफोन संबादमा आफ्नो अनुभब साट्दै कोरोना संक्रमित नेपाली समुदाय सजग हुनुपर्ने बताउनु हुन्छ ।
पछिल्लो समय फुकुओका लगायतका बिभिन्न क्षेत्रमा नेपाली समुदायमा कोरोना भाईरस देखिएकोले आवश्यक सर्तकता अपनाउनु पर्ने र जापान सरकारद्धारा जारी गरेको कोरोना भाईरस नियन्त्रणका नियमहरु बिना सर्त पालना गर्नुपर्ने पनि बताउनु हुन्छ । पछिल्लो समय देखिएको कोरोना भाईरसको लक्षण सामान्य देखिएपनि यसले जटिल समस्या निम्त्याउन सक्ने भन्दै समयमा नै सर्तकता अपनाउनु पर्ने समेत दर्शाउनु हुन्छ ।
जापान सरकारले कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गरि अनुगमन तथा निगरानी गरिरहेको हुने र नेपाली समुदायले नियमको उल्लघन गरेको खण्डमा त्यसको असर सम्पुर्ण नेपाली समुदायमा पर्ने समेत बताउनु भयो । जापान सरकार अन्तर्गत रहेको अध्यागमन बिभाग तथा वार्ड अफिस मार्फत सम्पुर्ण आप्रबासीहरुको अनुगमन/निगरानी गर्ने भएकोले नेपाली समुदायलाई आबश्यक सर्तकता अपनाउन समेत अपिल गर्नुहुन्छ । आफुलाई कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिए पनि शरिरमा थकान र कमजोरी महशुस भएकोले कोरोना परिक्षण गराउदा कोरोना संक्रमण पुष्टि भएकोले स्वास्थ्यमा बिशेष ध्यान दिन नेपाली समुदायमा हार्दिक अपिल समेत गर्नुहुन्छ ।
जापान सरकारले कोरोना संक्रमितहरुको लागि होटल लगायतका बिभिन्न स्थान पुर्ण क्वारेन्टाईनको रुपमा रुपान्तरण गरि संक्रमितलाई राखिएको, निशुल्क कोरोनाको पिसिआर परिक्षण गरिएको र सम्पुर्ण खर्च निशुल्क गरिएकोले पनि सरकारद्धारा जारी गरिएका नियमहरुको पुर्ण पालना गर्न सम्पुर्ण नेपाली समुदायमा अनुरोध गर्नुहुन्छ ।
सरकारद्धारा जारी नियमको पालना नगर्दा समुदायमा कोरोना संक्रमण बढ्ने र सोका कारण नेपाली समुदायलाई हेर्ने दृष्टिकोण खराब हुने, भाबी दिनमा जापान आउने नेपाली बिद्यार्थी भाईबहिनि लगायतमा प्रत्येक्ष प्रभाब पार्ने भएकोले समयमा नै सर्तकता अपनाउन समेत अनुरोध गर्दछ । सरकारद्धारा जारी नियमको पालना नगर्दा नेपाली समुदायमा मात्र नभई समुदायमा समेत कोरोना संक्रमण फैलने र त्यसको जस नेपाली समुदायलाई पर्ने भएकोले काम, कलेज लगायतका भिडभाड हुने स्थानहरुमा सतर्कता अपनाउन समेत अनुरोध गर्नुहुन्छ । यसबाट अन्तरदेशीय सम्बन्धमा समेत दरार आउने भएकोले जापानबासी नेपाली समुदायलाई ससर्त नियमको पालना गरि कोरोना भाईरस निराकरणमा एक्यबद्धता जनाउन र यसलाई परास्त गर्न समेत अनुरोध गर्नुहुन्छ । कोरोनाबाट आफु पनि बाँचौ अरुलाई पनि बचाऔँ ।