अशोक राई नवगठित जसपा सरकारमा सहभागि हुदै, २ मन्त्रि र १ राज्यमन्त्रिको नामावली प्रधानमन्त्रिलाई दिईयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  364 पटक हेरिएको

काठमाडौं, बैशाख ३१ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पुन फुटेको छ । जनता समाजबादी पार्टीको महाधिबेशनमा उपेन्द्र यादब र अशोक राई बिचको शक्ति संघर्ष कै कारण पार्टीमा अशोक राई पक्षलाई अल्पमतमा पारी पार्टी कब्जा गर्ने रणनिति अपनाए पछि बरिष्ठ नेता समेत रहेका अशोक राईले पार्टी नै बिभाजन गरेका हुन । अशोक राईले आफ्नो नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरी निर्वाचन आयोगमा समेत दर्ता गरी सकेका छन । नव गठित जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुदै दुई मन्त्री र एक राज्यमन्त्रीलाई सरकारमा पठाएको छ । एक पार्टी पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको ती पदाधिकारीले बताए । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ उक्त पदमा यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेको हो । झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । ‘एक दुई दिन समय लाग्न सक्छ, तर कुनै मन्त्रालय खाली गरेर उहाँलाई दिने कुरा भएको छ’, उनले भने ।

जसपा बिभाजनसँगै यसको प्रभाब मधेष सरकारमा समेत पर्ने निश्चित छ । जसपामा बिभाजन भएसँगै तराई केन्द्रित दलहरु मधेष सरकार जोगाउन लागि परेको छ भने बिपक्षी नेताहरु तराईमा उपेन्द्र यादबको पार्टी नेतृत्वलाई हटाई नयाँ सरकार गठन गर्ने तयारीमा जुटीसकेको छ । केन्द्रिय सरकारबाट समेत हात धोईसकेका उपेन्द्र यादब भने यतिबेला संकटमा परेका छन । उनले पार्टी बिभाजनको पिढालाई लिएर सर्वोच्चलाई समेत गुहार्दै रिट निवेदन दर्ता गराएको छ भने तराई मधेषमा समेत आफ्नो पार्टीको सरकार गुमाउनु पर्ने स्थितिमा आएको छ । उपेन्द्र यादब भने यतिबेला मधेष सरकारलाई जोगाउन महन्त ठाकुरको सहयोग मागेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार