सगरमाथा आरोहणका क्रममा दुई पर्वतारोहीको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1067 पटक हेरिएको

काठमाडौं, वैशाख ३० ।  

सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार आधार शिविरबाट आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको छ । उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठाउँदा प्रतिकुल मौसमका कारण जान नसकेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकलाई उदृत गर्दै आचार्यले जानकारी दिइन् ।

आज नै अमेरिकी नागरिक लिउ पुवेईको समेत क्याम्प ४ मा ज्यान गएको छ । उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो । त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो । उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको निर्देशक आचार्यले जानकारी दिइन् ।

सगरमाथामा यो वर्ष १ सय ५० भन्दा आरोहीले सफल आरोहण गरेका छन् । आरोहणका लागि अनुकुल मौसम तत्कालका लागि सकिएको छ । अब २० मे पछि धमाधम थप आरोहण हुने आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार