जापान, बैशाख २९ ।
जापानमा बिभिन्न क्षेत्रमा सक्रिय रहदै आएका लक्ष्मी महर्जन के.सीले नेपालमा बिगतमा हुदै आईरहेको स्थानीय निकायको निर्वाचन र तयसको अनुभबको बारेमा आफ्नो धारणा ब्उक्त गरेका छन । भिजन अनलाईन न्युजसँग कुरा गर्दै हालको निर्वाचन पनि बिगतका निर्वाचन जस्तै हुनेमा शंका रहेका भन्दै बिगतका निर्वाचनलाई सम्झदै निर्वाचनको साराशं प्रस्तुत गरेका छन । हाल नेपालमा हुन गईरहेको स्थानिय निकायको चुनाबी दौरानको पुर्ब सन्ध्यामा २०५६ सालको चुनाबी परिधी पुन ताजकी भईदिएकोछ, यतिखेर मुटुमा त्यहि दृष्य बिझाईरहेको छ। गुल्मी जिल्ला बाँझकटेरी गाबिसको भोटिङ्गको पुर्व सन्ध्यामा थियौं, हाम्रो घर चुनाब स्थलबाट ४, ५ मिनेटको दुरीमा थियो, मान्छेहरु ओहोर दोहोर गरिरहेका थिए, हामी खानपिन गरेर आ-आफ्नो स्थानमा सुत्न गएका थियौ। करिब रातको बाह्र बजेको थियो होला मान्छेहरुको ठुलो हल्ला खल्ला सुनीयो, के भएछ भनेर बुबा अन्डरव्यर र स्याण्डो संगै घर बाहिर निस्केर सुन्दै हुनुहुन्थ्यो।यतिकैमा हामीपनी बुबाको छेउमा गएर सन्दै थियौ, मतपेटिका चोरी भयोरे भन्ने सुनियो, केहि क्षण पछी यिनै हुन चोर भनेर घरमै सुतिराखेको मेरो बुबा दाई र हामी निकट्तम केही आफन्तलाई समातियो र भोलिपल्ट ईलाका प्रहरी लगियो तत्पश्चात सदरमुकाम लगी जेल चलान गरियो।
यता घर घेराउ गरियो घरको पाली तोडफोड गरियो, फलानोका बाउछोरा अब कहिले फर्केर आउदैन, जेलमै सडे जस्ता धम्किहरुले हामिलाई घरमा बस्न गार्हो भयो। दिनभर त जसोतसो घरमा रहन्थ्यौ रातीमा ज्यान बचाउन हामिलाई साह्रै मुस्किल थियो। बारीको कुना मलखात र रुखमा हामी चार दाजु बहिनी केहिरात काट्यौ, ममी रुदै कराउदै एक्लै घरबाट हिडेर सदरमुकाम गई धर्ना बस्नु भएछ। त्यति बेला खासै संचार माध्यमहरु प्रयाप्त थिएनन्, ५, ६ घण्टा हिडेर कर्लेस फोन भएको ठाउमा पुग्नु पर्दथ्यो तर सम्भब थिएन त्यहा पुग्नको लागी किनकी एक्लै हिड्न गाह्रो थियो हामीलाई।
लामो समय पछी खबर पायौं बुबा लगायतका केहि आफन्त लाई तारिखमा निकालीदै छरे भन्ने तर दाई लगायतका केही व्यक्ति जेलमै बस्नु पर्ने भयो, बाबा मम्मी घर फर्कनु भयो। निकै लामो समय पछी दाईहरु पनी तारिखमै जेल मुक्त हुनुभयो, निर्दोष साबित त गरियो ज्यान पनी बाँच्यो, दुःख पिडाको त के कुरा गरौ हुनसम्म भयो। वास्तवमा उहाँहरु अपराधी हुनुहुन् थिएन, जबरजस्त अपराधीको ट्याग भिरायर कैदी बनाई सजाय दिएको त्यो समय आज फेरी झस्काई दिएकोछ ईस्थानिय निकायको भोली हुन गईरहेको चुनावले।
जसरी हामीलाई अन्यायमा पारीएको थियो यसै गरी बिना गल्ति नेपाल अधिराज्यभर जतिपनी जेल जिबन बिताईरहनु भएकोछ उहाँहरुको अन्यायको पिडा फुकोस, परिबारले छिट्टै न्याय पाओस। अन्यायको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ यसपालीको स्थानिय निकायको चुनाबमा पनी ज्युउने रहर हुदाहुदै अन्यायमा परेर अकाल मृत्यु, जेलमा कोचिन र छट्पटाएर कुनै परिवार आफन्तलाई बाच्न नपरोस भगबान संग कामना गर्दछु।
तर समय बलवान छ, कारण हामीहरु त्यहि ठाउँमा आज यति बलियो भएर उभीन सकेकाछौ, कैयौं चुनाबमा पर्यावेक्षकको रुपमा सोहि मैदानमा उपस्थित हुने मौका पाअकोछु, यिनै दिन देखि गाविस देखीको राजनैतिक संघर्ष केन्द्रिय सदस्य सम्मको लामो सफरमा हिड्ने मौका पाए, यो दौरानमा समाज केहो भनि बुझे, थोरै धेरै नेता नेत्रीत्व बुझे, गाली ताली बुझे र अझ महत्वपूर्ण कुरा धेरै व्यक्ति चिने। गुल्मी जिल्ला बाट संघसंस्था र राजनितिमा लागेर सबै भन्दा बढि लाभ लिने व्यक्ति मध्य म पनी एक व्यक्तिमा पर्छु। यिनै सम्बन्धले कैयौ कामहरु सहज सम्पन्न गरेकोछु। धन सम्पति त्यति महत्व लाग्दैन तर बिभिन्न ब्यक्तित्वका मन जरुर कमायकोछु, यिनै सम्बन्धहरुनै आज सम्मका मेरा मजबुद कमाई हुनपुगेकाछन्।
कैयौं साथीहरुले एउटै प्रश्न सोध्नुहुन्छ कसरी यति धेरै अनुभब गर्नुभको हामीलाई पनी यस्तै बन्न मन त लाग्छ तर जान्दैनौ। भनिन्छ कि पढेको मान्छेले जान्छ कि परेको मान्छेले जान्छ तर म पढेको नभै परेरै धेरैकुरा सिकेकोछु। सत्यकुरा बोल्न कहिल्यै डर लाज एक्लो हुन्छुकि भन्ने लाग्दैन र कसैबाट गालीत के गोलीनै खानु परे पनी गलत र सहि छुट्याउने मस्तिष्क रहुन्जेल सम्झौता गर्ने बानी बसेन। मालिकहरुकै लागि जिवन पाए जस्तोगरी गलत नेता र नेतृत्वमा पनी ताली बजाउनै पर्छ भन्ने छैन, जनता सार्वभौम हो राजनिति जितै जित र हारैहारको ईतिहास पनी हैन। एमाले, कांग्रेस, माओवादि, राप्रपा आदि पार्टी रोटेड भईरहेकैहुन हिजो आज र भोलिपनी हुनेनै छन् ।
स्थानिय निकायको चनावी मैदान बाट चोर फटाहालाई आफ्नो भनी जोगाउने परी पाटीको अन्त्यभई देशमा सम्रिद्दी ल्साउन सक्ने जुनसुकै पार्टीको नेता बिजयी भएर आउनसकुन, गरिब भोकाले रोजगार पाओस्, जनताको खुन पसीनाले बनेको बजेट झ्वाम पार्दै देश ऋणको नदिमा बग्न नपरोस, बिकासको नाउमा कुर्सी ताक्ने असफल होउन, चुनाबी एजेन्डा संगै भनाई र गराईमा फरक नहोस, देशमा जन उत्तरदाई सरकार, नेतृत्व, सु-शासन, सु-ब्यवस्था साथै अकल्पनिय समृद्दि होस सबै उम्मेद्वारहरुलाई जितको शुभकामना !!