एनआरएनए जापान नागोया क्षेत्रीय कार्यसमितिको आठौ अधिबेशन जुन ६ मा गर्ने निर्णय, ३ सदस्यीय निर्वाचन कमिटी गठन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  902 पटक हेरिएको

जापान, बैशाख २९ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ । अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो। अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यिक निर्वाचन कमिटी समेत गठन गरिएको छ । अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा.सुदिप अधिकारी र डा.विश्वराज कँडेल रहेका छन् ।  एनआरएनए जापानको निर्देशन बमोजिम सबै क्षेत्रलाई मे १५ देखि जुन १५ सम्म अधिवेशन सक्न परिपत्र गरीएको थियो ।

नयाँ समिति चयनका लागी सके सम्म सहमतिको आधारमा सर्वसहमत गर्ने निर्वाचन समितिका संयोजक बिमल अधिकारीले बताए। सर्वसहमत नभएमा जुन १० तारिख अनलाईन भोटिङ्द्वारा छिनोफानो गरिने अधिकारीको भनाई छ । एनआरएनए जापानकै अधिवेशनमा नागोया क्षेत्रलाई महत्वका साथ हेर्ने गरिन्छ । अहिले सम्म यस क्षेत्रिय समितिका संयोजकमा मनोजवम मल्ल, गंगा धर्तिमगर र ईन्द्र पराजुलीको चर्चा छ । मल्ल अहिलेका नागोया क्षेत्रका उप-संयोजक हुन भने धर्तिमगर कोषाध्यक्ष हुन् । पराजुली भने नायोगा क्षेत्रिय समितिमा धेरै अगाडी समितिमा बसेर काम गरेको बताउँछन।

त्यस्तै नागोया क्षेत्रिय समितिमा सदस्य देखिआठ वर्ष रहदै उपाध्यक्ष र हाल संरक्षक रहेको बताउदैं अर्जुन केसीले गत अधिवेशनमा कार्यसमिति सर्वसहमत गर्न आफुले संयोजकको उमेदवारी स्थगित गरेको स्मरण गर्दै केसीले नेपालीको साझा संस्था एनआरएनएमा गुट-उपगुट भन्दा सहमतिमा नेतृत्व चयन हुन पर्ने बताउछन् । उनि आफुले संयोजकको नेतृत्व पाए सबैलाई मिलाएर लाने बताउछन ।

एनआरएनए नागोया क्षेत्रिय समितिले उमेदवारी दिनेहरुको उमेदवारी शुल्क पनि तोकेको छ। जस अनुसार क्षेत्रिय संयोजकको लागी पचास हजार येन , उप-संयोजकको लागी चालिस हजार येन तोकिएको छ। त्यस्तै सचिवको लागी तिस हजार येन, सह-सचिव विस हजार येन, कोषाध्यक्ष तिस हजार येन, सह-कोषाध्यक्ष विस हजार येन र कार्यसमिति सदस्य एवं मनोनित सदस्यलाई दश हजार येन उमेदवारी शुल्क तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार