जापान, बैशाख २९।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशन यहि मे ३० तारिख गरिने भएको छ । एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको मे ११ तारिख मंगलबार बसेको जुम बैठकले २०२१ मे ३० तारिख ७औं अधिवेशन गर्ने निर्णय गरेको हो । एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पूर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न दिएको निर्देशन बमोजिम कान्तो क्षेत्रीय कार्यसमितिको बैठकबाट मे ३० तारिख आईतवारको दिन सोल्मारी मुरा हल शिनओकुबोमा बिहान ११ बजेबाट अधिबेशन गर्ने निर्णय गरिएको कान्तो क्षेत्रीय कार्यसमितिका संयोजक राकेश रुम्बाले जानकारी दिनुभयो ।
एनआरएनए जापान क्षेत्रीय कार्यसमिति कान्तोका संयोजक रुम्बाको अध्यक्षतामा बसेको बैठकले बिजय थकालीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी चयन गरेको छ । निर्वाचन समितिको सदस्यहरुमा बाबुराम पौडेल , बाबुराम सापकोटा, हरि सापकोटा र लेलिन भट्टचन चयन गरिएको छ ।
कार्य समितिको बैठकबाट उम्मेद्धारी शुल्क संयोजकको लागि शुल्क ७ मान येन, उपसंयोजकको ५ मान येन, सचिवको लागि ४ मान येन , कोषाध्यक्षको ४ मान येन , सह-कोषाध्यक्ष,सचिब-३ मान येन निर्धारण गरिएको छ भने सदस्य पदको लागि १ मान ५ हजार येन निर्धारण गरिएको संघका सहसचिब तथा प्रचार विभाग प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।