पाकिस्तान, वैशाख २८ ।
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ । उच्च अदालत परिसर भित्रबाट नैपक्राउ गरीएकोमा सो कार्य अदालतको निर्णय विपरीत रहेको समेत बताएको छ ।
साथै अदालतले खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न पनि भनेको छ । भ्रष्टाचारसँग सम्बन्धित एक मुद्दाका लागि भन्दै उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट पक्राउ गरेको थियो ।
पाकिस्तानका प्रमुख न्यायधीश उमर अता बन्दियालले इमरान खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरिरहेका छन् । इमरान खानको पक्राउको बिरोधमा जनताहरु स्वतःस्फूर्त सडकमा आई सरकार र आर्मीको विरोधका साथै आर्मी हेडक्वार्टर लगायत सरकारी सम्पतीमा आगजनि गरेको थियो । हालसम्म पनी विरोधका कार्यक्रमहरु रोकीएको छैन ।