जनजाति पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन जुन ६ तारिख भर्चुअल माध्यमबाट हुने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  929 पटक हेरिएको

जापान, बैशाख २८ ।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखा जापानको तेश्रो अधिवेशन भर्चुअल माध्यमबाट आगामी जुन ६ तारिख आइतबार जापानी समय अनुसार दिउँसो ३ बजे सम्पन्न गर्ने निर्णय गरेको छ । मे ९ तारिख आइतबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि फुर्वा शेर्पाको संयोजकत्वमा शशिकला मोक्तान सचिव, सुनिता श्रीस मगर कोषाध्य़क्ष र वर्तमान कार्यसमितिका सबै सदस्य आयोजक रहने गरी अधिवेशन आयोजक समितिको गठन गरिएको फोनिजले जनाएको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको संयोजकत्वमा जनजाति पत्रकारद्वय कुमार मोक्तान,शान्त पहरी सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको छ । त्यस्तै आर्थिक सहयोग संकलन तथा अतिथि ब्यवस्थापनका लागि फोनिज जापानका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव शान्त पहरी, प्रचार प्रसार एवं पत्रचारका लागि निशान राना मगरलाई जिम्मेवारी दिईएको छ ।

अधिवेशनको पूर्व सन्ध्यामा जापानमा क्रियाशील नेफिन जापानसंग आवद्ध विभिन्न जातिय संघ संस्थाहरुबीच छलफल एवं अन्तरक्रिया तथा संबाद संचालनका लागि नेपाल पत्रकार महासंघ जापानका उपाअध्यक्ष कुमार मोक्तानलाई संयोजक तोकिएको छ भने उक्त अन्तरक्रिया कार्यक्रम मे २३ तारिख आईतबार हुने आयोजकले जानकारी दिएको छ ।

अधिबेशनमा फोनिज जापानको हालसम्मको गतिबिधि समेटेर प्रतिवेदनका लागि सहसचिव शशिकला मोक्तान, आर्थिक प्रतिवेदनका लागि कोषाध्यक्ष सुनिता श्रीस मगरलाई जिम्मेवारी दिइएको संयोजक फूर्वा शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार