चीन सरकारले अनुदानमा दिएको २० हजार अक्सिजन मध्य ४ सय वटा अक्सिजन सिलिन्डर काठमाण्डौँ आयो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  983 पटक हेरिएको

काठमाडौं, वैशाख २८।  

चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो । यसले अक्सिजनमा देखिएको अभाबलाई केहि हदसम्म भएपनि हल गर्ने र बाँकी सिलिण्डर पनि तत्काल ल्याउने पनि जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार