उपत्यकामा जेठ १३ गतेसम्म थप निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  822 पटक हेरिएको

काठमाडौं, वैशाख २८ ।  

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संय्क्त बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाहरु बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताए । कोरोना संक्रमण नियन्त्रणको लागि थप कडा नियम सार्वजनिक गर्नुपरेको पनि बताउनु भयो ।

पछिल्लो समय कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएको र त्यसबाट दिनानुदिन नेपालमा पनि मर्ने संक्रमितको संख्या बढेको आवश्यक कडाईका साथ पालना गर्न समेत सम्पुर्ण उपत्यकाबासी अनुरोध गरेको समेत जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार