तत्काल ओ.पि.डि सेवा संचालन गर्न सरकारद्धारा अस्पतालहरुलाई निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  735 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख २९ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ। कोरोना महामारीको जोखिम बढेपछि सरकारले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्‍चित हुनु परेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न भनेको छ।

स्वास्थ्य आपतकालीन सञ्‍चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमा ओपिडी सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिन आग्रह गरेका छन्। डा. लोहनीले सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नु पर्ने पनि बताएका छन्।

ओ.पि.डि संचालनको लागि सरकारद्धारा जारी निर्देशन

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार