जापान, बैशाख २८ ।
जापानमा बिहानीपख भूकम्पको धक्का महसुस भएको छ । आज (११ तारिख ) बिहान ४ः१६ बजेको समयमा जापानको चिबा क्षेत्र केन्द्र भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पले जापानको टोक्यो, चिवा र खनगावा क्षेत्रमा भने भुकम्पको धक्का महसुस गरीएको सो क्षेत्र आसपास बसोबास गर्ने नेपाली समुदायले सामाजिक संजाल फेसबुकमा उल्लेख गरीएको छ ।
यस भूकम्पबाट उक्त क्षेत्र लगायत आसपासको क्षेत्रमा कुनै पनी सुनामीको खतरा नरहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु चिबा प्रिफेक्चरको दक्षिणी भागमा रहेपनि टोकियो तथा खानागावाको सबैजसो क्षेत्रमा धक्का महशुस गराएको थियो। उक्त भूकम्पको धक्का भने जापानकोक्यूशु लगायतका क्षेत्रमा भने कुनै कम्पनको आभास नभएको जनाएको छ ।