नक्कली भूटानी शरणार्थी मुद्दामा नेपाली कांग्रेस नेता खाँण पक्राउ, दोषी देखीए कसैलाई नछाडिने गृहमन्त्री श्रेष्ठको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  189 पटक हेरिएको

काठमाडौं, वैशाख २७ ।   

पछील्लो समय नक्कली भूटानी शननार्थी भिषामा अमेरीका पठाउने जस्ता जघन्य मानव बेचबिखनलाई समेत प्रत्सय दिने प्रकृतिको मुद्दाले नेपाली राजनीतिलाई तताएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताएका छन्। हालसम्म नेकपा एमालेका सचिब टोपबहादुर रायमाँझी र निजको सुपुत्र, नेपाली कांग्रेसका शीर्ष नेता खार्ण र खाँर्णका स्वकीय सचिबलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी अनुसन्धानमा तानिएको छ । जस मध्य हालसम्म नेपाली कांग्रेसका नेता खाँर्ण, खाँर्णका स्वकीय सचिब, नेकपा एमालेका सचिव रायमाँझीका छोरालाई प्रहरीले नियन्त्रण गरी कारागार चलान गरीसकेको छ ।

‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ। अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ।’

गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन लागि परेको बताउँदै भने, ‘अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन।’

श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेको बताए । ‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो।’

गृहमन्त्री श्रेष्ठले  पूर्वमा भएको आक्रमणका सन्दर्भमा कुराकानी आफूले केही दिन  अगाड़ी एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणर्थी प्रकरणको छानविनमा सहयोग मागेको समेत जानकारी दिए। यस विषयमा पक्राऊ पुर्जी जारी गरीएका एमाले सचिव रायमाँझी भने हालसम्म फ्रहार रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार