नेपाल झलनाथ समुहका सांसद आजको संसद बैठकमा उपस्थित नहुने, राजिनामा पनि नदिने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  815 पटक हेरिएको

काठमाडौं, वैशाख २७ ।  

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

माधब झलनाथ समुह संसद बैठकमा अनुपस्थित भएमा आज हुने प्रधानमनित्रले लिने भनेको बिश्वासको मत पाउने सम्भावना पनि नरहेको स्पष्ट रहेको छ । योसँगै प्रधानमन्त्रि के.पी शर्मा ओलिको अल्पमतको सरकार आज ढल्ने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार